arrow

उद्यमशीलता विकास र दिगो पर्यटन प्रवर्द्धनमा नबिल बैङ्कको सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
nabil-tech-mou.jpg

काठमाडौँ। उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले नबिल बैङ्क र कम्युनिटी होमस्टे नेटवर्क बीच सम्झौता भएको छ। कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरबारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैङ्कको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यलाई बैङ्कको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ नबिल बैङ्कले लिएको दिगो बैङ्किङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग गर्ने बताए।

कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले यस सम्झौताले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय समुदायमा अझ बढी फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने आशा व्यक्त गरे। कम्युनिटी होमस्टे नेटवर्क एक सामाजिक उद्यम हो जसले नेपालमा सामुदायिक होमस्टेहरूको नेटवर्कलाई प्रवर्द्धन गर्दछ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैङ्किङ कार्यक्रमको सुरुवात गरेको हो। यस सम्झौता मार्फत नबिल बैङ्कले उद्यमशीलता विकास र दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ