arrow

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोल प्रति लिटर १४५, डिजेल १२८

logo
रासस,
प्रकाशित २०७८ फागुन ७ शनिबार
noc-oil-reserve.jpg
फाइल तस्बिर

नेपाल आलय निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरूप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो। आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य रु १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु १२८ कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रु ४.९५ ले बढेर आएको निगमले जनाएको छ। सोही अनुरूप निगमलाई १५ दिनमा करिब रु दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ