arrow

कास्की-१ बाट ११ जना कांग्रेस महासमिति सदस्य निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
kaski_congress.jpg

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ बाट ११ जना नेता महासमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । जसमा पूर्व सभामुख, पूर्वमन्त्रीसहित पूर्व जिल्ला सभापति लगायत छन् ।

निर्विरोध निर्वाचित हुने महासमिति सदस्यमा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, पूर्व जिल्ला सदस्य कृष्णबहादुर केसी रहेका छन् ।

यसैगरी वर्तमान जिल्ला सदस्य किशोरदत्त बराल, पूर्व पार्टी सचिव सुदिपमोहन भट्टराई, नेताहरु विकास गुरुङ, सरस्वती गुरुङ, माया बराल, दीपक गुरुङ, कोपिला रानाभाट र कुमार सुनार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ