- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य ध्रुव रिजालले आज सर्लाहीको लालबन्दी नगरपालिका-९, बस्तीपुरमा १५३ परिवारलाई चामल वितरण गरेका छन् । लालबन्दी नगरपालिका-५, रन्जितपुर निवासी रिजालले वडा नं. ९ का अति विपन्न १५३ परिवारलाई २० किलोको एक-एक बोरा चामल बाँडेका हुन्।
मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यमा विपन्न परिवारलाई चामल वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिंहले विपन्न र गरिबलाई माया गर्ने एक मात्रै पार्टी कांग्रेस मात्रै भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर विजयी गराउन आग्रह गरे ।
कांग्रेस नेता रिजालले केही साताअघि आफ्नै गाउँ लालबन्दी-५, मा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेका थिए । आर्थिक अवस्था कमजोर रहेका दिवङ्गत व्यक्तिका परिवारलाई आर्थिक सहयोग समेत गर्दै आइरहेका रिजालले आगामी दिनमा लालबन्दीको वडा नं. १ देखि १७ सम्म नै सामाजिक सेवाका काम गर्ने बताएका छन् ।