arrow

माग पूरा नभएसम्म सदनको कुनै पनि कार्यक्रममा सहभागी नहुने : एमाले

logo
ईश्वरी बराल,
प्रकाशित २०७८ फागुन ९ सोमबार
bishal-bhattarai-uml-2078.jpg
फाइल तस्बिर

काठमाडौँ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन्। सदनमा एमालले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उनले बताए। एमालेले राखेको माग सम्बोधनविना हुने कुनै पनि संसद्को कार्यसूचीमा सहभागी नहुने उनले बताए।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त नगरेसम्म एमालेले संसद्मा अवरोध कायमै राख्ने भन्दै उनले यसबीचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए।

आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले भने। ‘संसद्मा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौँ,’ उनले भने।

एमालेले संसद् सचिवालयमा एमसीसी दर्ता गराए पनि काँग्रेस र माओवादी केन्द्रले कार्यान्वयनको लागि सम्झौता गरेकोले एमालेको भूमिका कम हुने उनले बताए। 

एमसीसीभन्दा पनि आफूहरूले राखेको माग ठुलो भएकोले पहिला आफूको माग सम्बोधनमा सभामुखले ध्यान दिनुपर्नेमा उनको भनाइ छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर बोलेको छैन भने आइतबार संसद् बैठकमा पनि एमालेको विरोधकै बीच एमसीसी टेबुल भएको थियो। कारखाना



नयाँ