arrow

माओवादी केन्द्र सरकारबाट बाहिरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
dev-gurung-maoist.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने नेता देवप्रसाद गुरुङले बताएका छन् ।  नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकोले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको बताए । गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने बताए । 

उनले भने,‘पार्टीले सरकारबाट हट्नुपर्छ भन्ने निर्णय गरिसकेको छ । अब कुन दिन हट्ने भन्ने कुरा छिट्टै निर्णय हुन्छ। सरकारमा नरहने भनेर पार्टीले नीतिगत निर्णय लिइसकेको छ। अब दिनको मात्रै कुरा हो । नेकपा (माओवादी केन्द्र) मा दोहोरो चरित्र देखाउँदैन । राष्ट्रिय स्वाधीनताको मुद्दामा एकै ठाउँमा उभिन्छ । एमसीसी प्रस्तावबारे प्रतिनिधिसभाको १२ गतेको बैठकमा मतदान हुन्छ या के हुन्छ ? अब छलफलको प्रक्रिया सुरु हुन्छ ।’ 

एमसीसी सम्झौतामा एमसीसीको झण्डामा प्लेन वा गाडी आए पनि कुनै चेकजाँच गर्न पनि नपाउने र के सामान ल्यायो ? के लग्यो ? भनेर चेक गर्न नपाउनेखालका प्रावधान राखिँदा नेपालको सार्वभौम अधिकार पनि खण्डित हुने गुरुङको भनाई छ । उनले भने,‘यो सम्झौतामा नेपालको सार्वभौम अधिकार खण्डित भएको छ । त्यसो भएकोले यो संविधानविपरित भएको छ। यो सम्झौता खतरनाक छ । अरू आर्थिक सहायता सम्झौताको मोडेलमा लैजाने हो भने हामी ओपेन छौं । आर्थिक सहायताको नाममा सार्वभौम अधिकार नै खण्डित गर्न पाईँदैन्, सम्झौतामा भएका विवादास्पद विषय संशोधन गरेर जानुपर्छ ।’



नयाँ