arrow

युक्रेन सङ्कट : बाइडेन तयार भए पनि रुसले भन्यो वार्ता गर्ने योजना छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
biden-putin.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सङ्कटबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गर्नका लागि सैद्धान्तिक रूपमा सहमति जनाएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले रुसी राष्ट्रपति पुटिनसँग फोन वार्ता गरेका थिए । त्यसपछि उनले अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनसँग वार्ता गर्नका लागि आग्रह गरेका थिए ।

फ्रान्सले गरेको प्रस्ताव स्वीकार गर्दै बाइडेनले सैद्धान्तिक रूपमा वार्ता गर्न तयार रहेको बताएका हुन् । यद्यपि, मस्कोले भने वार्ता का लागि कुनै योजना नभएको जनाएको छ ।

यससँगै युक्रेन सङ्कट समाधानका लागि कूटनीतिक आशा रुसले समाप्त पारेको देखिएको छ । अमेरिकी इन्टेलीजेन्सीले रुस युक्रेनमाथि आक्रमणका लागि अन्तिम अवस्थामा पुगिसकेको देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ