नेपाल टेलिकमको रिचार्ज नहुने समस्या हट्यो
प्रकाशित मिति : २०७३ श्रावण २३ आइतबार
काठमाण्डौ । नेपाल टेलिकमको रिचार्जमा देखिएको समस्या समाधान भएको छ । कम्पनीको एन टि रिचार्ज अपग्रेड गर्ने क्रममा शनिबारबाट समस्या आएको थियो ।
एन टि रिचार्ज मार्फत रिचार्ज (*412*Pin Code# / 1412 IVR) मा विशेष प्राविधिक समस्या उत्पन्न भई उक्त कोडहरुबाट रिचार्ज हुन नसकेको कम्पनिको भनाइ रहेको छ ।
साथै कम्पनीले यस प्रकारको समस्या दोहोरिन नदिन कटिबद्ध रहेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विज्ञप्तीमा जनाएकी छिन्।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">