arrow

नागपञ्चमीको अवसरमा विवेकशीलको नि: शुल्क घुम्ती क्लिनिक

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
bibeksilcamp.jpg.jpeg
काठमाण्डौं ।  विवेकशील नेपाली दलले नागपञ्चमीको अवसरमा ‘विवेकशील नि: शुल्क घुम्ती क्लिनिक’ आयोजना गरेको छ।  श्रावण ३ गते देखि संचालित सो कार्यक्रमको यो चौथौ हप्ता  हो । कार्यक्रम बिहान ८ बजे देखि १२ बजे सम्म नक्साल स्थित नागपोखरी परिसरमा संचालन गरिएको विवेकशील नेपाली दलले जनाएको छ । कार्यक्रममा रक्तचाप, रगत समूह तथा तौल(उचाई नाप बिएमआइ इन्डेक्स) को सेवा प्रदान गरिएको थियो। 
 
घुम्ती क्लिनिकका संयोजक प्रमेश श्रेष्ठले भने, 'काठमाण्डौंको बढ्दो धुलो धुवाँ, व्यस्त जनजीवनले गर्दा यहाँका मानिसहरुले आफ्नो सामान्य प्राथमिक जाँच गर्न बिर्सी रहेको अवस्थामा विवेकशीलले नि: शुल्क घुम्ती क्लिनिक कायक्रमको आयोजना गरिएको हो।'  
 
घुम्ती कार्यक्रममा  बालबालिका लगायत नागपोखरीमा आएका भक्तजन, राष्ट्रसेवक  प्रहरी, विद्यार्थी गरि ३०० भन्दा बढीले सेवा लिएका छन् ।  विवेकशीलको सो अभियानमा अहिले सम्म १००० भन्दा बढीले  “विवेकशील नि: शुल्क घुम्ती क्लिनिकबाट स्वास्थ्य जाँचको लाभ लिईसकेका छन्। कार्यक्रम काठमाडौँ महानगरपलिकाको विभिन्न ठाउँमा हरेक हप्ताको २ दिन गरिने विवेकशीलले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ