arrow

विप्लवका कार्यकर्ता उश्रृंखला बन्दै, मल्लरानीका अध्यक्ष र अधिकृतलाई दले कालोमोसो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
Mallarani_Gaunpalika.png

प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका स्थानीय कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् ।
 
वडा नम्वर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा पठनपाठन सम्बन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी युवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ’,एक्कासी युवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको युवाको समूहले अभद्र व्यवहार गरेका हुन् । 

घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ