arrow

पुटिनले युक्रेनमा रुसी सेना पठाउन दिए आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
reuters-photputin-o.PNG
तस्बिर– फाइल

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् ।

बिखन्डनकारीको नियन्त्रणमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रुसले बताएको छ । तर अमेरिकाले त्यसलाई बकबास भन्दै युद्धको बहाना भनेको छ ।

दोनेत्स्क र लुहान्सकमा बिखन्डनकारीहरुले युक्रेनी सेनाविरुद्ध सन् २०१४ देखि लडिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ