arrow

आफू खुशी उम्मेदवारी घोषणा नगर्न कांग्रेसको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
nepali-congress-flag.jpg.jpeg

पोखरा । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा विभिन्न व्यक्तिहरुले मेयर, उपमेयर तथा अन्य पदमा उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ । यसमा नेपाली कांग्रेसका नेताहरु पनि छन् ।

नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेपछि नेपाली कांग्रेस पोखरा महानगर समितिले कांग्रेस नेताहरुलाई सचेत गराएको छ । 

पार्टी सचिवद्वय टुवराज बाँस्तोला र गणेशबहादुर थापाले विज्ञप्ति प्रकाशित गरी नेताहरुलाई सचेत गराएको हो । विज्ञप्तिमार्फतसामाजिक सञ्जालबाट आफूखुशी उम्मेद्वारी घोषणा नगर्न आग्रह गरेको छ । 

महानगर कार्यसमितिले कांग्रेसको विधान २०१७ तथा नवौं संशोधन २०७५ तर्फ कार्यकर्तालाई इंगित गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको सम्बन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेद्वारको अन्तिम टुंगो नलाग्दासम्म कसैले पनि नेपाली कांग्रेस पार्टीको नामसँग जोडेर कुनै पनि पदका लागि सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेद्वारी घोषणा नगर्न नगराउन हुन पोखरा महानगरपालिका कार्यसमिति अनुरोध गर्दछ ।’

पार्टी घोषणापत्र लेखनमा सक्रिय भएकाले आवश्यक सुझाव दिन र सहयोग गर्न आग्रह पनि महानगर समितिले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ