arrow

एमसीसीबारे बाबुराम भट्टराईका दुई विकल्प

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
Baburam-bhattrai-stage.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी अनुदान सहयोग एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् ।

उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसिसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन् । तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन । पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सत्तामा रहे पनि एमसीसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् ।  जसपाभित्र पनि दुई धार छ ।

गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन । भट्टराईले अर्को विकल्प अगाडि सारेका छन्– नयाँ समीकरण । 

नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ । यो विषयमा कांग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको छैन ।

खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न एमालेको साथ खोजे पनि उक्त दलका अध्यक्ष केपी ओलीले ‘गठबन्धन भत्काउनुपर्ने’ सर्त राखेका छन् । 

भट्टराई लेख्छन्, ‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री–बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपपर्‍यो ! अर्को बाटो छैन !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ