- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नवप्रवेशी टेनिस खेलाडीतर्फ कास्कीका भीष्मराज पौडेल च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाइनलमा राजेश गुरुङ्गलाई ६-३, ६-३ ले पराजित गर्दै भीष्मराजले पहिलो पटक उपाधि जितेका हुन् ।
प्रतियोेगिता अन्तर्गत सिनियर भेट्रान्स प्रतिस्पर्धा पनि मंगलबारदेखि नै शुरु भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले एक समारोहका विच उद्घाटन गरे ।
उक्त अवसरमा भट्टराईले पोखरामा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
प्रतियोगिताको पहिलो दिनका खेलहरुमा राजु गुरुङ्ग, रोबर्ट जे हान, राजन पौडेल, नविन चालिसे, केवी लामा, नविन श्रेष्ठ, गोपीबहादुर भट्टराई, धरमसिंह लामिछाने, ईन्द्र गुरुङ्गले जित हासिल गरेका छन् । प्रतियोगितामा सिंगल तथा डबल्सतर्फ ४० खेलाडी सहभागी छन् ।