arrow

नेपालीलाई युक्रेन छोड्न र त्यहाँ नजान परराष्ट्रको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
foreign-ministry-parrastra-mofa.jpg

काठमाडौं । सरकारले युक्रेनमा रहेका नेपालीहरूलाई नेपाल फर्कन र नेपालबाट त्यहाँ भ्रमणमा नजान आग्रह गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरिसकेको कुरा आइरहेका बेला सरकारले अत्यावश्यक काम बाहेकका नेपालीलाई युक्रेनमा नबस्न र नेपालबाट समेत अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनको भ्रमण नगर्न आग्रह गरेको हो ।

यस्तै अहिलेसम्म युक्रेनका लागि समेत सहप्रमाणिकृत बर्लिन् स्थित नेपाली राजदूतावासले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्क भएको उनीहरू सकुशल रहेकोसमेत परराष्ट्रले जनाएको छ ।

यस्तै कुनै समस्या परेमा बर्लिन् स्थित दूतावासमा सम्पर्क गर्न भन्दै मन्त्रालयले सम्पर्क ठेगानासमेत उपलब्ध गराएको छ ।

यस्तो छ परराष्ट्रको सुचना:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ