- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले एमसीसीको पक्षमा मत हाल्ने केशब झाले बताएका छन् । बुधवार नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा शुरुदेखि नै रहेकोले एमसीसीको पक्षमा नै मत हाल्ने बताएका छन् ।
उनले भने,‘एमसीसीको बारेमा हामीले आफ्नो धारणा पहिलेदेखि नै सार्वजनिक गरेका छौं । एमसीसीकै पक्षमा मतदात गर्ने भनेर धारणा व्यक्त गरेका छौं । यसमा ईफ र बटको कुरा छैन् । पछिल्लो समय एमसीसीलाई धेरै गिजोल्ने काम भएको छ। देशलाई माया गर्ने व्यक्तिहरु छन्, सबैले आफ्नो धारणा प्रष्ट रुपमा राखेका छन् । अमेरिकाको सेना आउँछ भनेर गलत हल्ला फैलाईएको छ । हावादारी गफ गर्नुहुँदैन् । गलत हल्ला फैलाउनुहुँदैन् । राष्ट्रघाती काम त मुलुकलाई आत्मनिर्भर हुन नदिने अनि मिलीजुली खानेहरुले गरेका छन् ।’
झाले यो एमसीसी राष्ट्रको हितमा रहेको सुनाए । उनले भने,‘यो विकास परियोजना हो । पूर्वाधार क्षेत्रमा विकास हुन्छ। कानून बनेपछि निर्धारित समयमै काम हुन्छ। हामीले एमसीसीको पक्षमा मत हाल्ने भनेका छौं । अहिले गठबन्धनको प्रष्ट बहुमत छ । अहिले गठबन्धनमा गलत प्रवृत्ति पनि देखियो । एमसीसीलाई लिएर सरकारमा हुँदा, हाउसमा एकखालको कुरा गर्ने, अनि सडकमा अर्कै कुरा गर्ने । यदि प्रधानमन्त्रीलाई सहयोग चाहिएको छ भने गठबन्धन तत्काल विसर्जन गर्नुपर्छ । यो गठबन्धन कायम राखेर काम छैन् । नयाँ परिस्थिति निर्माण गर्नुहोस ।’