arrow

रुस युक्रेन तनाव : कच्चा तेलको मूल्य ७ वर्षयताकै उच्च, १०० डलर नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
brent-oil-price.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमाथि आक्रमणको घोषणा गरेसँगै कच्चा तेलको मूल्य ७ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । यो समाचार तयार पार्दा ब्रेन्ट कच्चा तेलको मूल्य १०१.९६ डलर प्रति ब्यारेल पुगेको छ । यस्तै डब्ल्यूटिआई कच्चा तेलको व्यापार ९६.६९ प्रति ब्यारेलमा भइरहेको छ ।

युके र नर्वेसँग जोडिएको उत्तरी सागरबाट निकालिने कच्चा तेललाई ब्रेन्ट भनिन्छ भने, अमेरिकामा निकाले कच्चा तेललाई डब्ल्यूटिआई भनिन्छ ।

ब्रेन्ट तेलको मूल्य ७ वर्षभन्दा लामो समय (सन् २०१४)यता पहिलो पटक १०० डलर नाघेको हो ।

तेल निर्यात गर्ने सबैभन्दा शक्तिशाली १३ देशहरूको समूह ओपेकले ब्रेन्टलाई आफ्नो मूल्य निर्धारण बेन्चमार्कको रूपमा प्रयोग गर्दछ।

विश्वका पाँच ठूला तेल निर्यातकर्तामध्येको रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै यसले विश्वव्यापीरुपमा कच्चा तेलको बजारमा असर पार्ने देखिएको छ ।

खासगरी ढुवानीका क्षेत्रमा आउने उतार चढाव र रुसमाथि प्रतिबन्ध लाग्दा विश्वव्यापी तेल बजारमा असर पर्नसक्ने देखिएको छ । यसको असर भारतहुँदै नेपालसम्म समेत आइपुग्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ