arrow

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ: अर्थमन्त्री वाग्ले

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
swarnim-.jpg

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय अनुगमनकारी निकायको ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल छिट्टै यो सूचीबाट बाहिर निस्कने विश्वास उनले व्यक्त गरे।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि सूक्ष्म ढङ्गले निगरानी गर्नुपर्नेमा जोड दिए। उनले कर सङ्कलनका लागि करदाताहरूलाई जबर्जस्ती र त्रसित बनाउने होइन, बल्कि स्वेच्छिक कर अनुपालनमार्फत उनीहरूलाई करको दायरामा समेट्नुपर्ने बताए। कर प्रशासनलाई चुस्त र दुरुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिसम्बन्धी कुनै पनि कुराको अभाव भए निर्धक्क भन्न आग्रह गर्दै उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने स्पष्ट पारे।

चालु आर्थिक वर्षको बजेटले अर्थतन्त्रलाई सही दिशामा मोड्ने विश्वास व्यक्त गर्दै आगामी चार आर्थिक वर्षको बजेटमार्फत सरकारले बनाउन चाहेको अर्थतन्त्रको बलियो आधार झल्किने उनले उल्लेख गरे। साथै, बजेटमा समेटिएका कर छुटका योजनाहरूको प्रभावकारी कार्यान्वयन, करदाता प्रोत्साहन कार्यक्रम, सचेतना अभिवृद्धि र कारोबारलाई पूर्ण रूपमा डिजिटल बनाउन सबैखाले पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ