- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकप टी–२० क्रिकेटमा छनोट हुन असफल भएको नेपाली क्रिकेट टोलीले अहिले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानको खेलमा घरेलु टोली ओमानविरुद्ध खेलिरहेको छ ।
मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ओमानले ब्याटिङ रोजेसँगै सन्दीप लामिछाने नेतृत्वको टिमले आक्रामक बलिङ गरेको छ । नेपालले ओमानलाई ८७ रनमै रोकेको छ ।
ओमानले ९ विकेटको क्षतिमा ८७ रन बनाएको हो । कप्तान जीशन मक्सुदले सर्वाधिक २१ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले कप्तानी इनिङ्स खेलेका छन् । उनले ३ विकेट लिएका छन् । उनले मात्र १३ रन खर्चे । त्यस्तै २ वटा क्याच लिए ।
नेपालका लागि कमल ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले १–१ विकेट लिए ।
यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
नेपाल सेमिफाइनलमा यूएईविरुद्ध पराजित हुँदै दोस्रो पटक विश्वकपमा स्थान बनाउन चुकेको थियो । नेपाल सान्त्वना जितसहित स्वदेश फर्कन चाहन्छ ।
उपाधिका लािग यूएई र आयरल्याण्ड भिडिरहेका छन् । आयरल्याण्डले पहिले ब्याटिङ गर्दै १५९ रन बनाएको छ । दुवै टिम अष्ट्रेलियामा हुने विश्वकपमा छानिइसकेका छन् ।