- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकप टी–२० क्रिकेटमा छनोट हुन असफल भएको नेपाली क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटमा तेस्रो स्थान हासिल गरेको छ । नेपालले आयोजक ओमानविरुद्ध सहज जित निकालेको हो ।
मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा नेपाल ९ विकेटले विजयी भयो । खेलमा टस जितेर ओमानले ब्याटिङ रोजेसँगै सन्दीप लामिछाने नेतृत्वको टिमले आक्रामक बलिङ गर्यो । नेपालले ओमानलाई ८७ रनमै रोक्यो । ओमानले ९ विकेटको क्षतिमा ८७ रन बनाएको हो । कप्तान जीशन मक्सुदले सर्वाधिक २१ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले कप्तानी इनिङ्स खेलेका छन् । उनले ३ विकेट लिएका छन् । उनले मात्र १३ रन खर्चे । त्यस्तै २ वटा क्याच लिए ।
नेपालका लागि कमल ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले १–१ विकेट लिए ।
८८ रनको झिनो लक्ष्य नेपालले १६.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
कुशल भुर्तेलले अर्धशतक पूरा गरे । फिलिपिन्स विरुद्ध शतक बनाएका भुर्तेलले ओमानविरुद्धको खेलमा अविजित रहँदै ५३ बलमा ५५ रन जोडे ।
त्यस्तै आरिफ शेखले अविजित रहँदै २७ बलमा २१ रन बनाए । आसिफ शेख १३ रन बनाएर आउट भए ।
यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
नेपाल सेमिफाइनलमा यूएईविरुद्ध पराजित हुँदै दोस्रो पटक विश्वकपमा स्थान बनाउन चुकेको थियो । नेपाल सान्त्वना जितसहित स्वदेश फर्कन चाहन्छ ।
उपाधिका लािग यूएई र आयरल्याण्ड भिडेका छन् । आयरल्याण्डले पहिले ब्याटिङ गर्दै १५९ रन बनायो । दुवै टिम अष्ट्रेलियामा हुने विश्वकपमा छानिइसकेका छन् ।