arrow

युक्रेनमाथि आक्रमण गरेपछि रुसमा युद्धविरोधी प्रदर्शन चर्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
russia-antiwar-protest.jpg

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो सेनालाई युक्रेनमाथि आक्रमणको आदेश दिएसँगै युक्रेनका थुप्रै सहरहरुमा आक्रमण सुरु भएको छ। खासगरी युक्रेनी राजधानी किभ र अन्य प्रमुख सहरमा त्यहाँको सैन्य सुविधमाथि रुसले आक्रमण गरिरहेको छ। युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आज राजधानी कीभमा समाचार ब्रीफिंग गर्दै १३७ जना सर्वसाधरण र सेनाले ज्यान गुमाएको बताएका छन्।

आफुहरु नडर्ने र रुसविरुद्ध लड्ने बताउँदै उनले यस क्रममा ज्यान गुमाउनेलाई युक्रेनी हिरोको उपमा दिँदै सदा सम्झिरहने बताएका छन्। यस्तै उनले रुसले आफु र आफ्नो परिवारलाई पहिलो र दोस्रो निशाना बनाएको बताएका छन्। यसबीच उता रुसमा भने युद्धविरोधी प्रदर्शन सुरु भएको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै त्यहाँका जनताहरुले पुटिनविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

बिहीबार सेन्ट पिटर्सबर्गको मुख्य सडक नेभस्की प्रोस्पेक्टमा कयौं मानिसहरुले भेला भएर युद्ध रोक्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

रुसका विभिन्न ठाउँहरुमा हजारौंको संख्यामा त्यहाँका नागरिहरुले पुटिनको युक्रेनमाथि आक्रमण गर्ने कदमको विरोध एवं युद्ध तत्काल रोक्न आग्रह गर्दै प्रदर्शन गरिरहेका छन् ।(तस्बीर राेयटर्स)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ