arrow

एमसीसी विवाद : दाताले दिने सहायतामा ४० प्रतिशत बढीले गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
finance-ministry-mof.jpg
फाइल तस्बिर

काठमाडौं । देशभित्र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई लिएर राजनीतिक दलहरू विभाजित हुँदा त्यसको असर नेपाल भित्रने वैदेशिक सहायतामा परेको छ। देशका प्रमुख राजनीतिक दलहरू एमसीसी सहयोग लिने वा नलिने भन्नेमा लामो समयदेखि विवाद गरिरहँदा नेपाल भित्रने वैदेशिक सहायता प्रतिविद्धतामा ठूलो गिरावट आएको हो।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा नेपालले मात्र एक खर्ब १० अर्ब ८५ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको शुरुआती ६ महिनामा नेपालले प्राप्त गरेको वैदेशिक सहायता प्रतिबद्धता ४०.९ प्रतिशतले खुम्चिएको छ। अर्थात् अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालले ७६ अर्ब ५८ करोड ४० लाख कम वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ को पहिलो ६ महिनामा नेपालले कूल १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो।

२०७८ साउन महिना यता नेपालले सबैभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता पुस महिनामा प्राप्त गरेको छ। गत कात्तिक महिनामा नेपालले कुनै पनि प्रकारको सहायता प्रतिबद्धता प्राप्त गरेन।

चालु आर्थिक वर्षको साउनमा २ अर्ब ३६ करोड ३० लाख रुपैयाँ, भदौमा ४१ अर्ब ९५ करोड ६० लाख रुपैयाँ, असोजमा ११ अर्ब ६२ करोड ३० लाख रुपैयाँ, मङ्सिरमा ८ अर्ब २१ करोड १० लाख रुपैयाँ र पुसमा ४६ अर्ब ७० करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। 
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिविद्धतामध्ये १ खर्ब ४ अर्ब ऋण सहायता र ६ अर्ब ८५ करोड ६० लाख रुपैयाँ अनुदान सहायता रहेको छ। 

अघिल्लो आर्थिक वर्ष २०७७-७८ को साउनमा ५४ अर्ब ९३ करोड ५० लाख रुपैयाँ, भदौमा २९ अर्ब १३ करोड ६० लाख रुपैयाँ, असोजमा १ अर्ब ३२ करोड ४० लाख रुपैयाँ, कात्तिकमा ५ अर्ब १५ करोड २० लाख रुपैयाँ, मङ्सिरमा ४५ अर्ब ५६ करोड ३० लाख रुपैयाँ र पुसमा ५१ अर्ब ३२ करोड ७० लाख रुपैयाँ नेपालले वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले प्राप्त गरेको कूल वैदेशिक सहायता प्रतिविद्धतामा १ खर्ब ६९ अर्ब ३१ करोड १० लाख रुपैयाँ ऋण सहायता र १८ अर्ब १२ करोड ५० लाख रुपैयाँ अनुदान सहायता रहेको थियो।

चालु आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमशः ६।२ प्रतिशत र ९३.८ प्रतिशत रहको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ९.७ प्रतिशत र ९०.३ प्रतिशत रहेको थियो ।

कूल वैदेशिक सहायता प्रतिविद्धतामध्ये बजेट सहायता ४२.१ प्रतिशत, स्वास्थ्य २३।१ प्रतिशत, शिक्षा १४.३ प्रतिशत, कृषि १०.५ प्रतिशत, ऊर्जा ६.५ प्रतिशत र अन्यमा ३.६ प्रतिशत रहेको छ। कारखानाबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ