arrow

महाशिवरात्रीमा कहाँ कहाँबाट पाइन्छ पशुपतिनाथको दर्शन गर्न ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
shivaratri-pashupati.jpg

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिमा विभिन्न स्थानबाट दर्शनको लागि व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार दर्शनका लागि बाहिर तीन वटा र भित्र छिरेपछि ६ वटा लाइन बनाइएको छ ।

हाम्रा कुरासँग कुरा गर्दै उनले भने, ‘रुद्र गाडेश्वर हुँदै हामी उत्तर ढोकाबाट दर्शन गराउँछौँ । त्यतातिरको दर्शनार्थीलाई हामीले रुद्रेश्वरको माथि लाइनमै हामी व्यवस्था गर्छौँ ।  यो बाहिरबाट तीन वटा पोइन्ट यसरी देखिन्छ भने भित्र गएपछि उत्तर ढोकामा एउटा लाइन हुन्छ ।’ 

एयरपोर्टबाट आएको लाइन र  गौशालाबाट आउने लाइन एकै ठाउँ दक्षिणतर्फबाट प्रवेश गर्ने उनले बताए ।  ‘दक्षिणतर्फबाट आउने चाहिँ एउटा अघि भनेको एयरपोर्टबाट आउने पिंगलास्थान हुँदै हुँदै एउटा लाइन आउँछ भने गौशालाबाट आउने लाइन पनि त्यहाँ झरेर दुइटै लाइन दक्षिणबाट प्रवेश गर्छ । पश्चिमबाट आउने लाइन चाहिँ यो लाइन भित्र गएपछि तीन वटा लाइन हामी भित्र पुगिसकेपछि एकै चोटी तीन जनाले दर्शन गर्न सक्ने गरी भित्र गइसकेपछि ६ वटा पोइन्ट हुन्छ ।’ 

उनले सधै झैँ यस वर्ष पनि विशेष पूजाको व्यवस्था गरिएको बताए । महाशिवरात्रिमा २१ हजार रुपैयाँदेखि माथिको मात्रै विशेष पूजा गरिने उनले बताए । उनले भने  ‘२१ हजारदेखि माथिको मात्रै विशेष  हामी गर्छौँ त्यो दिन ।’

शिवरात्रिमा राष्ट्रपति विद्यादेवी भण्डरी र उपराष्ट्रपति नन्दबहादुर पुन पशुपतिनाथको दर्शन गर्न जाने छन् । उनले भने, ‘अहिले औपचारिक जानकारी त आछैन । राष्ट्रपति, उपराष्ट्रपति आउने कार्यक्रम यसअघि नि हुन्थ्यो यस पटक पनि हुन्छ । त्यो त अब सुरक्षाका हिसाबले पनि अघि भनेको हुँदैन त्यही दिन थाहा हुन्छ ।’

महाशिवरात्री यही फागुन १७ गते मंगलबार परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ