च्याम्पियन्स लिगको फाइनल रुसमा नहुने, फ्रान्समा हुने
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
859
Shares
तस्बिर– फाइल
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको फाइनल खेल रुसमा नहुने भएको छ । रुसको सेन्ट पिटर्सबर्गमा हुने तय भएको फाइनल खेल रुस र युक्रेनबीचको युद्धका कारण फ्रान्समा हुने भएको छ ।
आगामी मे २८ मा सेन्ट पिटर्सबर्गमा हुने भनिएको फाइनल अब पेरिसमा हुनेछ । शुक्रबार युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमा फाइनल नहुने पुष्टि गर्दै पेरिसमा सरेको उल्लेख गरेको हो ।