- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । रेवान पोखरा भेट्रान्स टेनिस उपाधिका लागि गोपीबहादुर भट्टराई र राजन पौडेल भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएका रोमाञ्चक सेमिफाइनल खेलहरुमा जित हाँसिल गर्दै राजन र गोपीले उपाधि भिडन्त निश्चित गरेका हुन् ।
पहिलो सेमिफाइनलमा गोपीले धरमबहादुर लामिछानेलाई ६-३, ०-६ र सुपरटाईमा १०-३ ले पराजित गरे । पहिलो सेटमा पराजित धरमले दोश्रो सेट सहज आफ्नों पक्षमा पर्दै खेलमा फर्किने कोषिश गरेपनि तेश्रो सेटमा उनले लय गुमाउन पुगेका थिए ।
अर्को सेमिफाइनलमा राजनले हुम आलेको कडा चुनौतीलाई पार गर्न सुपर टाईमै पुग्न पर्यो । पहिलो सेट ६-१ को स्कोरमा सहजै आफ्नों गरेका हुमले दोश्रो र तेश्रो सेट गुमाउन पुगे । राजनले दोश्रो सेट ६-४ ले तथा तेश्रो सेट सुपर टाईमा १०-४ ले कब्जा गर्दै खेल आफ्नों पोल्टामा पारे ।
प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५०० सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद पाँच हजारसहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।