- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन सरेको छ । शुक्रबार जनकपुरमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट शुरु गर्ने निर्णय गरेको जिल्ला सचिव विश्वेश्वर यादवले जानकारी दिए । यसअघि १५ गतेका लागि जिल्ला अधिवेशन केन्द्रले निर्धारण गरेका थिए ।
सांसदहरु एमसिसीको विषयमा १६ गते सदनमा हुने छलफलमा भाग लिन सहभागी हुन जानुपर्ने तथा १९ गते मिथिलाको महत्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी मिथिला परिक्रमा प्रारम्भ हुने भएकोले जिल्ला अधिवेशन सारिएको कांग्रेस धनुषाका सचिव यादवले जानकारी दिए ।
निर्धारित नयाँ मितिअनुसार जिल्लाले २० गते उम्मेदवारी दर्ता, २१ गते दाबी विरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।