arrow

जीपी कोइराला फाउण्डेशन कास्कीको संयोजकमा आचार्य, सहसंयोजकमा तिमिल्सिना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
Bijay-moti.jpg

पोखरा । जीपी कोइराला फाउण्डेशन कास्कीको संयोजकमा विजयराज आचार्य र सहसंयोजकमा मोतीराज तिमिल्सिना मनोनित भएका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ का पूर्व क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिसमेत रहेका आचार्य र नेपाली कांग्रेस कास्की ३ (क) का उपसभापतिमेत रहेका तिमिल्सिनालाई फाउण्डेशनको गण्डकी प्रदेश समितिले कास्की संयोजकमा मनोनित गरेको हो । 

उनीहरुलाई फाउण्डेशनका प्रदेश संयोजक एवं संविधानसभा सदस्य शारदा पौडेलले प्रमाणपत्र प्रदान गरेकी छन् । संयोजक आचार्य पोखरा-२१ र सहसंयोजक तिमिल्सिना पोखरा-२५ निवासी हुन् ।

दुवै नेताले सामाजिकरुपमा आफूलाई कुशल नेतृत्वकर्ताका रुपमा स्थापित गर्दै विभिन्न संघ सस्थामा आबद्ध रहेर कार्य गर्दै आएका छन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आफ्नो प्रभुत्व जमाउँदै आएका आचार्य र तिमिल्सिनाको गिरिजाप्रसाद कोइराला फाउन्डेशनमा संयोजक र सहसंयोजकको भूमिकालाई निकै महत्वका साथ हेरिएको छ ।

संयोजकमा मनोनित भएपछि संयोजक आचार्यले फाउन्डेशनलाई नयाँ उचाई दिन आफूले सक्दो कोसिस गर्ने प्रतिवद्धता जनाए । उनले फाउन्डेशनले पिस, डेमोक्रेसी र डेभलपमेन्टमा कार्य गर्दै आएको बताए । उनले युग पुरुष गिरिजाबाबुका नीति तथा विचारलाई जनस्तरमा पुर्याउँदै समाज रुपान्तरणमा उल्लेख्य भूमिका खेल्ने स्पष्ट पारे ।



नयाँ