- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले श्रीलंकालाई लगातार दोस्रो टी–२० क्रिकेटमा पनि हराउँदै श्रृंखलामाथि कब्जा जमाएको छ । लखनउमा शनिबार राति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हराउँदै तीन खेलको श्रृंखला एक खेल अगाबै जितेको हो ।
खेलमा श्रीलंकाले दिएको १ सय ८४ रनको विजयी लक्ष्य भारतले १७.१ ओभर ३ विकेटको क्षतिमा पूरा गर्यो । श्रेयस ऐयरले ४४ बलमा अविजित रहँदै ७४ रन बनाए ।
रविन्द्र जडेजाले १८ बलमा अविजित रहँदै ४५ रन बनाए । सन्जु सामसनले २५ बलमा ३९ रन जोडे ।
टी–२० मा सबैभन्दा बढी रन बनाएर विश्व रेकर्ड कायम गरेका कप्तान रोहित शर्माले भने १ रनमात्रै बनाए । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो । पाथुम निसान्काले ७५ तगा कप्तान डसुन सनकाले १९ बलमा अविजित रहँदै ४७ रन जोड्दा दनुश्का गुनाथिलाकाले ३८ रन जोडे ।
यो जितसँगै भारतले आज हुने तेस्रो खेलअघि नै उपाधि जितेको हो । भारतको यो लगातार टी–२० को ११ औं जित हो । लगातार जितमा अफगानिस्तानले १२ जितको रेकर्ड बनाएको छ ।
अब भारत विश्व कीर्तिमानको बराबरीका लागि एक जित टाढा छ । त्यसैगरी भारतले घरेलु मैदानमा टी–२० मा लगातार सात पटक श्रृंखला जितेको छ ।
आजको तेस्रो तथा अन्तिम खेल बेलुकी ७ः१५ बजे धर्मशालामा हुनेछ ।