arrow

महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रभातफेरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
sivaratri-parba.jpg

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा शोभा यात्रा सम्पन्न भएको छ । आज बिहान संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा यात्रा शुरु भएको थियो । यात्रामा विभिन्न धार्मिक तथा सामाजिक सङ्घ संस्थाहरूको प्रतिनिधित्व रहेको थियो । 

करिब १ हजार भन्दा बढी व्यक्तित्वको सहभागी रहेको उक्त शोभा यात्रा पशुपतिनाथको मूल गेटबाट शुरु भई तिलगंगा-गौशाला चोक-जय वागेश्वरी-मित्रपार्क- सिफल-चावहिल - चन्द्र विनायक गणेशस्थान परिक्रमा गरी चाबहिल चोक गौरीघाट, उमाकुण्ड हुदैं भुवनेश्वरी मन्दिर चोक अगाडि समापन भएको थियो । 

शोभा यात्राको नेतृत्व गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले महाशिवरात्री पर्वको आगमनको रौनक बढेको बताएका छन् । यस वर्षको शिवरात्री पर्वमा कोषले बत्ती तथा फूलहरूले सजाउने र व्यवस्थापनका लागि गठित विभिन्न उपसमितिहरूको सक्रियतामा तैयारी अन्तिम चरणमा पुगेको कोषका सदस्यसचिव डा. थापाले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ