एमसीसीसँग सम्बन्धित सबै दस्ताबेज संसद्मा पेस गर्नुपर्छ : झलनाथ खनाल
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
629
Shares
काठमाडौँ। एकीकृत समाजवादीका सांसद तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौतासँग सम्बन्धित सबै दस्ताबेज संसद्मा पेस गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एमसीसी र एमसीए नेपालसँग भएका सबै सम्झौता अध्ययनका लागि संसद्मा पेस गर्नुपर्ने बताएका हुन्।
एमसीसी सम्झौता सर्तको सम्झौता भन्दै उनले राष्ट्रलाई घात गर्ने अनुदान सम्झौताको एक पैसा पनि लिन नहुने बताए । उनले नेपालमा धेरै स्राेत रहेकाे भन्दै आफैंले यस्ता आयोजना पूरा गर्नुपर्ने बताए।