एमालेलाई पनि एमसीसीमाथिको छलफलमा सहभागी गराउनु पर्छ : लीलादेवी सिटौला
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
335
Shares
फाइल तस्बिर
काठमाडौँ। जसपा सांसद लीलादेवी सिटौलाले एमसीसीमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि सहभागी गराउनुपर्ने बताएकी छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय विषयमा छलफलका लागि संवाद गरी सहभागी गराउनुपर्ने बताइन्।
प्रमुख दलका शीर्ष नेताहरूले जति बेला एमसीसी ल्याउन छलफल गरे, त्यस बेला किन राम्ररी अध्ययन नगरेको भन्दै आक्रोश पोखिन्। उनले एमसीसी सम्झौता अनुमोदन गर्दा नेपालको परराष्ट्र नीति नै परिवर्तन हुने दाबी पनि गरिन्।
सिटौलाले एमसीसी अनुमोदन भएपछि नेपालले अब कसरी असंलग्न परराष्ट्र नीतिको पक्षमा वकालत गर्छ भन्दै प्रश्न गरिन् । उनले व्याख्यात्मक घोषणाको थप व्याख्या गर्नुपर्ने उल्लेख पनि गरिन् ।