arrow

एमसीसी संसदबाट पारित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
deuba-parliament-mcc.jpg
तस्बिर : रासस

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित भएको छ । प्रतिनिधि सभाको आइतबार राति सम्पन्न बैठकले एमसीसीलाई बहुमतले पारित गरेको हो । नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणासहित तयार पारेको एमसीसीसी पारित गरिएको हो । 

यसअघि बिहान बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणा जारी गर्दै एमसीसी पारित गर्ने निर्णय गरेको थियो । त्यसपछि संसदको पहिलो बैठकमा छलफलका लागि पेश भएको थियो भने व्याख्यात्मक घोषणा मन्त्रिपरिषदले पारित गरेसँगै अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि पेश गरेका थिए ।  

सहभागी सांसदहरुले छलफलमा सहभागीता जनाएका थिए । त्यसपछि अर्थमन्त्री शर्माले एमसीसी अनुमोदनका लागि गरेको प्रस्ताव बहुमतले पारित गरेको हो । 

ध्वनि मतका आधारमा बहुमतले एमसीसी पारित भएको हो । 

उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने निरन्तर संसद अवरुद्ध गरिरह्यो । नाराबाजी गरिरह्यो । 

यी हुन् पारित एमसीसीका व्याख्यात्मक घोषणाका बुँदाहरु 


 



नयाँ