झलनाथले बुझाए माधव नेपाललाई १३ बुँदे एमसीसीबारे गम्भीर महत्वको प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
708
Shares
तस्बिर– फाइल
काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसीलाई व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णय गरे पनि सम्मानित नेता झलनाथ खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई १३ बुँदे ‘एमसीसीबारे गम्भीर महत्वको प्रस्ताव’ पेस गरेका छन् ।
उनले उक्त प्रस्तावलाई नै ‘नोट अफ डिसेन्ट’ भनेका छन् । नेकपा एक हुँदा गठन गरिएको एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका नेता खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै अध्यक्ष नेपाललाई १३ बुँदे प्रस्ताव पेस गरेर आफ्नो असहमति प्रकट गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले १३ बुँद्धामार्फत एमसीसी अनुमोदन गरे हुनेसक्ने सम्भावित दुर्घटनाबारे सविस्तार ब्याख्या गर्दै अनेक प्रश्न उठाएका छन् ।
नेता खनालले उक्त प्रस्तावमार्फत एमसीसी अनुमोदन गर्न नहुने र अनुमोदन गरिए आफ्नो ‘नोट अफ डिसेन्ट’ लाई पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बाहिर ल्याएका छन् ।