arrow

यस्तो हुनेछ यो साताभरको राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : राशिफल फागुन १५ गते आइतबारदेखि फागुन २१ गते शनिबारसम्मको हो । एक हप्तामा समग्रमा कुन राशिफललाई कस्तो छ भनी राखिएको छ।

साप्ताहिक राशिफल :

मेष : तपाईलाई यो हप्ता चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । सडे गलेको बासी खाना होटलमा नखानुहोला । पिसाव सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । यो हप्ता गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

वृष : यो हप्ता तपाईंका लागि ज्यादै फाइदाको रहेकोछ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने बुधबार र बिहीबार किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम सोमबार र बिहीबार शुरु गर्नुहोला । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ ।

मिथुन : तपाईको लागि यो हप्ता स्वास्थ्य राम्रो रहनेछ । इज्जत, प्रतिष्ठा बढ्ने ठाउँमा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । यो हप्ता विशेष कार्यक्रममा भाग लिने स्थिति आउला भन्न सकिन्छ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । समग्रमा यो हप्ताको समय शुभ हुनेछ । तर शनिबार पूर्वको यात्रा गर्नु ठीक हुनेछैन ।

कर्कट : तपाईलाई यो हप्ता मानसिक व्यर्थ चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानी भन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु ठीक हुनेछैन ।

सिंह : तपाईलाई यो हप्ता गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीको लागि पनि यो हप्ता त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । कुनै पनि काम गर्दा सतर्क रहनु आवश्यक छ । मंगलबार र बुधबार भने समय शुभ रहेको छ त्यसैले ती दिनहरुमा नयाँ कामको थालनी गर्दा राम्रो हुने देखिन्छ ।

कन्या : तपाईका लागि यो हप्ता आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने हप्ता पनि छ, ज्यादै सतर्क हुनुहोला । शनिबार र सोमबार पूर्व दिशाका यात्रा र मंगलबार नयाँ कामको थालनी नगर्नुहोला ।

तुला : तपाईलाई यो हप्ता व्यर्थैको चिन्ताले सताउने छ । कतै तिरस्कृत हुनुपर्ने, आफ्नै व्यक्तिबाट घाटा पार्ने काम हुनेछन् । शत्रुहरू सक्रिय हुँदै जानेछन् । आम्दानीको तुलनामा खर्च बढ्नेछ । टाढाको यात्रा नगर्नु उपयुक्त रहेको छ । समय विशेष खराब रहेकाले सबै प्रकारले संयम राख्नु आवश्यक छ । मंगलबार, बुधबार उत्तर दिशाको यात्रा, लेनदेन नगर्नुहोला ।

वृश्चिक : तपाईको यो हप्ता स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । वृहस्पति ग्रह मजवुत रहेकाले मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । तर समयको सही सदुपयोग गर्नुहोला । समय शुभ रहेकाले समयको सही उपयोगल र नयाँ व्यापार व्यवसायमा लगानी गरे लाभ हासिल हुनेछ, यात्रा भने खराब छ ।

धनु : तपाईलाई यो हप्ता आफ्नो काममा आफ्नै व्यक्तिहरुले बाधा पार्नेछन । त्यसकारण तपाईको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ अर्थात यो हप्ता स्वास्थ्य त्यति भरोसाको रहनेछैन । खानामा गडबढी, कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, समय खराब छ ।

मकर : तपाईलाई यो हप्ता नसोचेको धन हात लाग्ने अवस्था छ । जमीन, घडेरी किन्दै हुनुहुन्छ भने बुधबार र बिहीबारको दिन पास गर्नुहोला । नयाँ मित्र, नयाँ साँझेदारसंगको भेट सहकार्यबाट आउँदा धेरै वर्षसम्मको योजना सफल पार्न सक्नुहुनेछ । यो हप्ता नयाँ पेशाको थालनीको लागि त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । काम गर्दा सतर्क रहनु आवश्यक छ

कुम्भ : तपाईका लागि यो हप्ता बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनुमा नै बुद्धिमानी हुनेछ । छोराछोरी, आफूभन्दा कनिष्ट मित्रहरू, आश्रित कर्मचारी अर्थात् आफू मातहतका कर्मचारीमा विवादको अवस्था देखा पर्नेछ, जसमा आफू तटस्थ रहनु नै राम्रो हुनेछ । परिवारको कुनै सदस्यलाई औषधि उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । पश्चिमको यात्रा नगर्नुहोला ।

मीन : यो हप्ता तपाईका लागि अरुलाई जति राम्रो गर्छु भने पनि जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुने, आफन्त मानिएका व्यक्तिको विरोधले कतिपय कामहरू अधुरो रहनेछन् । जताबाट पनि खर्चमात्रै हुने, यात्रामा समस्या हुने अवस्था रहेको छ सकेसम्म सतर्क रहनुहोला । यो हप्ता हानी र नोक्सानीबाट मात्रै जोगाउन सकेमा धेरै ठूलो उपलव्धि हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ