arrow

भारत क्लिन स्विपसहित विश्व कीर्तिमान राख्न सफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
team-india-win-t-20.jpg

काठमाडौं । भारतले श्रीलंका विरुद्धको तीन खेलको टी–२० क्रिकेट श्रृंखलामा क्लिन स्विप गर्दै विश्व कीर्तिमान राख्न सफल भएको छ । भारतले यो जितसँगै लगातार जित संख्यालाई १२ पुर्याएर कीर्तिमान बनाएको हो । 

यसअघि अफगानिस्तानको नाममा पनि १२ जितको रेकर्ड रहेको छ । धर्मशालामा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराएर भारतले श्रृंखलामाथि ३–० को जित निकालेको हो । 

श्रीलंकाले दिएको १ सय ४७ रनको विजयी चुनौती भारतले १५.५ ओभरमा ४  विकेट गुमाएर पूरा गरेको हो । 

भारतका लागि श्रेयस ऐयरले अविजित रहदै ४५ बलमा ७३ रन बनाए । रविन्द्र जडेजाले १५ बलमा अविजित रहँदै २२ तथा दीपक होडाले १६ बलमा २१ रन जोडे । 

टी–२० मा विश्वकै सबैभन्दा बढी रन बनाउन सफल कप्तान रोहित शर्मा भने ५ रनमा आउट भए । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो । कप्तान डसुन सनकाले ३८ बलमा अविजित रहदै ७४ रन बनाएका थिए । 

भारतका आभेश खानले सर्वाधिक २ विकेट लिएका थिए । ऐयर तेस्रो खेलका प्लेयर अफ द म्याच भएका छन् । त्यस्तै प्लेयर अफ द सिरिज पनि उनी नै भएका छन् । 

ऐयर तीन खेलमै अविजित रहँदै आए । उनले पहिलो खेलमा ५७, दोस्रो खेलमा ७४ तथा तेस्रो खेलमा ७३ रन बनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ