arrow

वैकल्पिक युवा सङ्गठनले एमसीसीको विरोधमा भाँचिएका बिरुवा संरक्षणसँगै गर्‍यो वृक्षारोपण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
tree-planting-2078-11-17.jpeg

काठमाडौं । वैकल्पिक युवा सङ्गठनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विगत केहि दिनयताको आन्दोलनमा नासिएको, भाँचिएको बिरुवालाई संरक्षण गर्ने तथा वृक्षारोपण गर्ने काम गरेको छ । एमसीसीको विरोधमा केहि दिनयता बानेश्वर रणभूमि बनेको थियो । 

बाटोका पेटीहरू भत्काउने र बिरुवाहरू नासिने काम भएको थियो । ‘हामी विवेकशील नेपाली हुँदादेखिनै ढुङ्गा हान्ने होइन, फुल रोप्न राजनीति गर्दै आइरहेका छौँ। हामी यो बाटो हिँड्दै गर्दा बिरुवाहरू भाँचिएको देख्यौँ । सामाजिक सञ्जालमा पनि युवाहरूले भत्काएको फोटो देख्दा नराम्रो लाग्यो। त्यसैले भाँच्नु र भत्काउनु मात्र राजनीति होइन है भन्ने लागेर यो अभियान गरेका हौँ’, वैकल्पिक युवा सङ्गठनका संयोजक शिशिर बन्जाराले भने।

वैकल्पिक युवा सङ्गठनले महानगरसँग संयोजन गरेर यी बिरुवाहरूको हेरचाह र संरक्षण गर्ने बताएको छ। वैकल्पिक युवा सङ्गठन विवेकशील साझा पार्टीको मिलन पाण्डे पक्ष निकट आङ्गिक सङ्गठन हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ