arrow

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन संवाद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
deuba-blinken-usa.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेलामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।

एन्टोनीले सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी भएको जानकारी दिँदै युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे छलफल भएको उल्लेख गरेका छन् । 

ब्लिनकनले भनेका छन्, ‘रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।’

यसैबीच, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले मंगलबार प्रधानमन्त्री देउवा र एन्टोनीबीच कुराकानी भएको पुष्टि गर्दै नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठकबो अवसरमा थप सम्बन्ध मजबुद गर्नेबारेमा छलफल भएको बताए । 

त्यसैगरी उनले नेपालले संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मतदान गरेसँगै थप छलफलसमेत भएको उल्लेख गरेका छन् । 

नेपालको संसदबाट अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी पारित गरेको दुई दिनपछि अमेरिकी विदेश मन्त्रीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन् । उक्त टेलिफोन संवादमा नेपाल र अमेरिकाबीचको आर्थिक विकासका विषयमा पनि कुराकानी भएको परियारले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ