arrow

तेलको भाउ ९ वर्ष यताकै उच्च ११९ डलर पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
ak_usoil.jpg

काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण विश्व अर्थतन्त्रमा देखिइरहेको संकटले खासगरी तेल बजारमाथि ठूलो असर पारेको छ ।

पछिल्लो केही दिनयता निरन्तररुपमा बढ्दै ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११९ डलर पुगेको छ, जुन करिब ९ वर्ष यताकै बढी हो । सन् २०१३ काे फेब्रुअरी यता पहिलाे पटक ब्रेन्ट कच्चा तेलकाे मूल्य याे बिन्दुमा पुगेकाे हाे ।

यस्तै डब्ल्यूटीआई कच्चा तेलको मुल्य ११५ डलर प्रति ब्यारेल पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा ठूलो हिस्सा ओगेटेका तेलबाहेक सुन, आलुमेनियम, निकेललगायतका पदार्थका मूल्यसमेत निकै उच्च बिन्दुमा पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ