- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न मतदान भइरहेको छ । मतदान अन्तिम चरणमा पुगेको छ । नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा भइरहेको मतदानमा ५ घण्टा सम्ममा १ हजार ६० मत मत खसेको थियो ।
मतदानमा संस्थापन इतरबाट सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेलले पहिलो मतदान गरेका हुन् । निर्वाचनमा १४ सय ९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न मतदान भइरहेको हो । अपरान्ह ४ बजेसम्म मतदान चल्नेछ ।
कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदान लगत्तै मगगणना शुरु हुने जनाइएको छ ।