arrow

बाँके कांग्रेसमा मतदान सकियो, १४४५ जनाले गरे मतदान, ४८ अनुपस्थित 

logo
सौरभ गिरी
प्रकाशित २०७८ फागुन १९ बिहिबार
274973808_260312176273257_1931941645999762867_n.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको  मतदानमा १४ सय ४५ जनाले मतदान गरेका छन् । नयाँ नेतृत्व चुन्न सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा भएको मतदानमा सकिएको छ । कुल १४ सय ९३ मत संख्या मध्ये ४८ जना मतदाता उपस्थित नभएको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ । 

आज सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज अपराह्न ४ बजेसम्म  मतदान भएको थियो। कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

मतगणना केहीबेरमा ५ बजेपछि हुने बताइएको भए पनि छलफल चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ