arrow

ब्रेथ लाइजर बनेपछि मापसे चेकजाँचमा कडाई

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
822146422.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । जिल्ला ट्राफिक प्रहरी कार्यलय पाँचथरले मापसे चेकजाँचलाई कडाइ गरेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुन सक्ने भन्दै मापसे चेक जाँचलाइ कडाइ गरेको कार्यलयका सहायक इन्चार्ज दिब्यराज पोख्रेलले बताए  । मादक पदार्थ सेवन गरेको चेकजाँच गर्ने ब्रेथ लाइजर मेसिन विग्रिएपछि झण्डै एक वर्षदेखि ट्राफिक प्रहरीले चेकजाँच गर्न सकेको थिएन् । 

उनले भने हामीले यही मंसिर १ गते देखि अभियानकै रुपमा मापसे चेक जाँचलाई कडाइका साथ थालेका छौ ।’ पोख्रेलले १२ दिनको अवधीमा ११ वटा सवारीका चालक कार्वाहीमा परेको जानकारी दिए ।

जसमा बस एउटा, ट्रयाक्टर एउटा, जीपकार ३ वटा र मोटर साइकल ६ वटा रहेको कार्यलयको तथ्याङकमा छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने ती चालकहरु लाई कार्वाही स्वरुप एक रात प्रहरी हिरासतमा  राखिनुको  साथै जनही एक एक हजारका दरले जरिवाना स्वरुप रकम असुल गरेको र लाइसेन्समा प्वाल पारेको पोख्रेलले बताए ।.

उहाँल लाइसेन्समा पाँच वटा सम्म प्वाल पार्न सकिने र  एउटै लाइसेन्समा पाँच वटा प्वाल पारिसके पछि ६ महिनाको लागि सो लाइसेन्स निलम्बन हुने वताए । यस्तै मधेस आन्दोलन र भारतिय अघोसित नाकाबन्दीका कारण झापाका भिन्न स्थानमा राज्वस्व संंकलनमा गिरावट आएपनि पाँचरमा भने कुनै असर नपरेको पोख्रेलको भनाइ छ । उनले पाँचथरमा राजश्व संकलन उल्लेख्य रुपमा वृद्दि भइरहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ