arrow

गुल्मीमा कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति पार्टी कार्यालय उद्घाटन

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७८ फागुन १९ बिहिबार
274720705_297188905838085_3339869306373787415_n.jpg

गुल्मी । नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमितिको पार्टी कार्यालय उद्घाटन गरिएको छ । गुल्मीको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) मा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गरिएको हो । 

इस्मा गाउँपालिका वडा नम्बर २, छल्दीमा बिहीबार कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । पार्टी कार्यालय उद्घाटन गर्दै श्रेष्ठले आगामी निर्वाचनमा सबै एकताबद्ध भएर कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

‘जिल्ला तहमा केन्द्र र प्रदेशले राजनीतिक हिसाबबाट कुनै हस्तक्षेप गर्दैन ।’ उपसभापति श्रेष्ठले भने, ‘जिल्ला तहबाट पनि क्षेत्र र क्षेत्रीय प्रदेशमा कुनै हस्तक्षेप नगरेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्छ ।’

उनले नेपाली कांग्रेसमा सबै संगठित भएर अगाडि बढ्न आवश्यक रहेको बताएका थिए । पार्टी कार्यालय उद्घाटनमा विशेष अतिथिसमेत रहेका कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको सेवामा लाग्नुपर्ने बताए ।  

गुल्मीमा नेपाली कांग्रेसलाई पहिलो राजनीतिक दल बनाउन सबै एकताबद्ध हुनुपर्ने भन्दै सभापति पन्थीले संगठन विस्तारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । 

गुल्मीको विकासका लागि गुल्मीमा कांग्रेसलाई जिताउनु आवश्यक रहेको पन्थीको भनाइ थियो । 

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा, माधवप्रसाद खरेल, नेपाली कांग्रेस गुल्मीका उपसभापति शिवबहादुर खत्री, सचिव भगत सिंह खड्का, महासमिति सदस्य छन्दबहादुर पहराई, महाधिवेशन प्रतिनिधि प्रेमनारायण भण्डारी, क्षेत्रीय सभापति चन्द्रबहादुर महत, कांग्रेस नेता शालिकराम पन्थी, कांग्रेस रेसुङ्गा नगर सभापति जयश्वर पन्थी, मुसिकोट नगर सभापति मोहन घिमिरे, इस्मा गाउँपालिका सभापति कृष्णप्रसाद रिजाल, नेविसंघ जिल्ला सभापति झबिन्द्र पाण्डे लगायतले मन्तव्य राखेका थिए । 

प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति झबिन्द्र अर्यालको सभापतित्व रहेको थियो । प्रदेश क्षेत्रीय कार्यसमितिका उपसभापति फनबहादुर रायमाझीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिव सन्तोष थापाले गरेका थिए ।



नयाँ