arrow

पेट्रोलको भाउ डेढ सय पुग्यो, अझै १६ रुपैयाँ घाटामा रहेको निगमको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
nepal-oil-corporation.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५–५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ । 

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै १६ रूपैयाँ २८ पैसा घाटा छ । यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ