arrow

युक्रेनमा रुसी आक्रमणविरुद्ध काठमाडौंमा राजदूतहरुको शान्तिपूर्ण भेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
274921808_254229860245922_8083118333555805857_n.jpg

काठमाडौं । रुसद्वारा युक्रेनमाथिको अकारण, अनुचित र अनैतिक आक्रमणको विरोधमा बौद्धनाथ स्तूपमा अमेरिकी राजदूत र्‍यान्डी बेरी, युक्रेनका लागि अवैतनिक महावाणिज्यदूत किरण वैद्य र नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू शान्तिपूर्ण रूपमा भेला भएका छन् । 

युक्रेनका जनता, त्यहाँको सार्वभौमसत्ता र त्यहाँको भौगोलिक अखण्डताप्रति आ–आफ्नो समर्थन जाहेर गर्नका लागि अमेरिका, संयुक्त अधिराज्य बेलायत, नर्वे, फिनल्याण्ड, युरोपेली संघ, अष्ट्रेलिया, न्यूजिल्याण्ड, स्वीट्जरल्याण्ड, जर्मनी, जापान, दक्षिण कोरिया, इजरेलका राजदूतहरू, अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक, तथा न्युजिल्यान्ड, र लात्भियाका अवैतनिक महावाणिज्य दूतहरू उक्त भेलामा सामेल थिए ।

आक्रमणको एक हप्तामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा उनीहरूले मैनबत्ती बालेर मौनधारण गरेका थिए । कार्यक्रममा युक्रेनी राष्ट्रगान, युक्रेन अझै नष्ट भएको छैन बजाइएको थियो । 

विभिन्न राजदूतहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विगत सात दिनमा गरेका विद्रोही भाषणका अंशहरू पढेर सुनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ