arrow

युक्रेनमाथिको रुसी हमला कुनै राष्ट्र विरुद्धको अपराध, रुसी दूतावास अगाडि प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
russia-ukraine-war-troops.jpg
तस्बिर– फाइल

काठमाडौं । युक्रेनमाथिको रुसी हमला कुनै राष्ट्र विरूद्धको अपराध भएको ठहर गर्दै मानवअधिकारवादीहरुले सांकेतिक विरोध गर्दैछन् ।  यो आक्रमण फौजदारी अदालतको रोम विधानको दायरामा पर्ने परिभाषा अन्तर्गतको गम्भीर अन्तर्राष्ट्रिय अपराध भएको भन्दै नेपालको मानव अधिकार समुदायको तर्फबाट संकेतिक विरोध प्रदर्शन गर्न लागिएको हो । 

शुक्रबार बिहान रुसी दूतावास अगाडि बालुवाटारमा अधिकारकर्मीहरुले रुसले युद्ध रोक्नु पर्ने र युक्रेनमा शान्ति स्थापनाको माग राख्दै  शान्तिपूर्ण सांकेतिक विरोध कार्यक्रम गर्न लागेका हुन् । उनीहरुले मानव अधिकारकर्मीहरुलाई उपस्थितिका लागि आग्रहसमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ