arrow

पदाधिकारी चयन गर्न माओवादी केन्द्रको बैठक, एमसीसीको तरङ्गले पार्टीमा विद्रोह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
maobadi-kendra-8th-final-final.JPG
तस्बिर– फाइल

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा शुरु हुँदैछ ।  माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा शुरु हुनेछ ।

११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।

अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए ।  

माओवादिमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

यता अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी संसदबाट पारित गरेपछि माओवादीभित्र नेताहरु विद्रोह गर्न थालेका छन् । जसका कारण केन्द्रीय कमिटी बैठकमा पनि यसको बाछिटा देखिने भएको छ । 

नेताहरुले नेतृत्वको कमजोरी औंल्याउँदै आफ्ना भनाइहरु राख्ने बुझिएको छ । केही नेताहरुले माओवादी केन्द्र नै छाडेर अर्को पार्टी खडा गर्ने वा अन्य पार्टीसँग एकता गरेर रहनेसम्मको कदम उचाल्नेसमेत अनुमान भइरहेको छ ।

यतिबेला सबैभन्दा बढी रुष्ट नारायणकाजी श्रेष्ठ देखिएका छन् । त्यस्तै लेखनाथ न्यौपाने लगायतका युवा नेताहरु पनि नेतृत्वको आलोचना गर्न अग्रसर देखिएका छन् । 



नयाँ