- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मङ्गलबारे । नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएका छन् । बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता जनाए ।
उनले भने, ‘कांग्रेसका सबै नेता कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्छ । हरेक वडामा आफ्ना उम्मेदवार विजयी गराउनुपर्छ ।’ पार्टीमा गुट र भागबण्डा केही हुन नदिने र अब सिङ्गो कांग्रेस बनाएर अघि बढ्ने उनको भनाइ थियो ।
फरक प्रसङ्गमा सभापति खड्काले ३६५ दिनमा ३६४ दिन कांग्रेस हुने तर एकदिन निर्वाचनमा अर्कैलाई मतदान गरी कांग्रेसलाई पराजय गराउनेलाई यसपटक कारबाही गरेरै छोड्ने बताएका छन् । उनले भने, ‘कांग्रेसबाट छनोट भएका उम्मेदवारलाई जसरी पनि सहयोग गर्नुपर्ने छ ।