- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अष्ट्रेलिया क्रिकेट लिजेन्ड शेन वार्न बितेका छन् । स्पिन बलिङका जादूगर वार्नको हृदयाघातका कारण निधन भएको हो ।
सर्वाधिक चर्चित सदावहार लेग स्पिनर वार्नको ५२ वर्षको उमेरमै निधन भएको हो । उनको व्यवस्थापन टिमले छोटो स्टेटमेन्ट जारी गर्दै उनको थाइल्याण्डको कोह सामुईमा शंकास्पद हृदयाघातका कारण निधन भएको जनाएको हो ।
उनको परिवारले हाललाई गोपनीयता चाहेको भन्दै पछि विस्तृत विवरण दिने जनाएको अष्ट्रेलियाबाट संचालित फक्सस्पोर्टस् अनलाइनले जनाएको छ ।
अष्ट्रेलियाका लागि २४ घण्टाभित्र दोस्रो झड्का हो । शुक्रबार बिहान मात्रै पूर्व क्रिकेटर रोड मार्सको हृदयाघातकै कारण निधन भएको थियो ।
वार्नले बिहान मात्रै मार्सको निधनका बारेमा ट्वीटरमा लेखेका थिए । तर साँझ उनी नै रहेनन् ।
१५ वर्षे करियरमा उनले ७०८ टेष्ट क्रिकेट लिएका लिए । यो अष्ट्रेलियनका लागि सबैभन्दा बढी हो । वार्न भन्दा अगाडि श्रीलंकन बलर मुतैया मुरलीथरनमात्र छन् ।
वार्न अष्ट्रेलियाले सन् १९९९ को एक दिवसीय विश्वकप क्रिकेटका मुख्य खेलाडी थिए ।
त्यसैगरी उनले सन् १९९५ देखि २००३ सम्म पाँचवटा एसेज सिरिज जितका थिए ।
पाकिस्तानी तीव्र गतिका पूर्व बलर सोइब अख्तरले ‘एक सर्वोत्कृष्ट क्रिकेट खेलाडी र एक सर्र्वोत्कृष्ट मानिस’ भनी वार्नलाई सम्झेका छन् । उनले विश्वास नै गर्न नसकिने समाचार भन्दै आफू एकदम दुःखी भएको बताएका छन् ।
अधिकांश क्रिकेट खेलाडीहरुले विश्वास गर्नै नसकिने समाचार भनी लेखेका छन् ।