arrow

विवेकशीलको नि:शुल्क घुम्ती क्लिनिक पशुपतिमा

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
bibeksilnepali.jpg.jpeg
काठमाण्डौँ । विवेकशील नेपाली दलले संचालन गरेको विवेकशील नि:शुल्क घुम्ती क्लिनिक आज तिलगंगा स्थित पशुपति मन्दिर परिसरमा  संचालन गरिएको विवेकशील नेपाली दलले जनाएको छ ।
 
श्रावण १ गते देखि संचालित सो कार्यक्रमको यो चौथौ हप्ता  हो ।  बिहान ८ बजे देखि १२ बजे सम्मको कार्यक्रममा रक्तचाप, रगत समूह तथा तौल(उचाई नाप बिएमआइ इन्डेक्स) का बिरामीलाई सेवा प्रदान गरिएको थियो। 
 
 काठमाण्डौंको बढ्दो धुलो धुवाँ, व्यस्त जनजीवनले गर्दा मानिसहरुले आफ्नो सामान्य प्राथमिक जाँच गर्न बिर्सी रहेको अवस्थामा विवेकशीलले नि: शुल्क घुम्ती क्लिनिक कायक्रमको आयोजना गरेको जनाएको छ।
 
श्रावण महिना पशुपतिनाथको तिर्थालु भक्तजन तथा ब्रतालु महिलाको लागि विशेषत: रहने कारण विवेकशील नेपाली ले उक्त समय स्थानलाइ  समेत छनौट मा ध्यान पुर्‍याएको हो।  विवेकशीलको सो अभियानमा अहिले सम्म १२०० भन्दा बढीले  “विवेकशील नि: शुल्क घुम्ती क्लिनिकबाट स्वास्थ्य जाँचको लाभ लिईसकेका छन्। कार्यक्रम काठमाडौँ महानगरपलिकाको विभिन्न ठाउँमा हरेक हप्ताको २ दिन गरिने विवेकशीलले बताएको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ