arrow

आइतबार कुम्भको स्वास्थ्य भरपर्दो रहँदा अन्यको समग्रमा यस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
rashifal-horoscope-3.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७८ फागुन २२ गते शनिबार, इस्वीसंवत मार्च ६ तारिक सन् २०२२, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको चतुर्थी तिथि रहनेछ । आज नक्षत्रमा अनुराधा, विष्कुम्भादि योगमा ब्रह्म, करणमा वणिज र आनन्दादि योगमा आनन्द रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २९ घटि १२ पला अर्थात ११ घण्टा ४२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर २६ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः०६ बजे हुनेछ ।

आजको राशिफल :

मेष : आज समय निकै उपयुक्त छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।

वृष : आज समय खराब रहनेछ । मेश राशिमा रहेका चन्द्रमाको प्रभावका कारण सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।

मिथुन : आज समय शुभ छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

कर्कट : आज समय मध्यम छ । लाभ हानी दुवै हुनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ ।

सिंह : आज पनि समय शुभ छैन । घरायसी कामधन्दाका लागि धेरै खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कन्या : आज समय राम्रो छैन । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्नेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ ।

तुला : आज पनि स्वास्थ्य राम्रो रहनेछ । आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ आज विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ । अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ । वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

वृश्चिक : आज समय शुभ छ । अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । व्यापारमा थोरै लगानीबाट पनि प्रशस्त नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ । शैक्षिक नतिजाले उत्साह जगाउनेछ ।

धनु : आज पनि समय खराब छ । खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । आज धनमाल हराउन पनि सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ । भैपरी आउने समस्याले खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

मकर : आज स्वास्थ्य राम्रो रहनेछैन । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । पारिवारिक असमझदारीले काममा अफ्ठ्यारो पर्न सक्छ । बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ । इश्र्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन् । आफ्नै बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्नुहोला । महत्वाकांक्षी योजनामा अघि नबढ्नुहोला ।

कुम्भ : आज स्वास्थ्य भरपर्दो रहनेछ, समय शुभ छ । पहिलेको सफलताले हौसला जगाउनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन् । पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

मीन : आज समय खराब छ । जोश जाँगरमा कमि आउनेछ, आलस्यताले शरीरलाई बन्धक बनाउन सक्ने देखिन्छ, शारीरिक र मानसिक कष्टले मनोबल कमजोर बनाउनेछ, सावधानीपूर्वक अघि बढ्नुहोला, कुल कुटुम्बमा खटपट आउन सक्छ, इष्टदेवको दर्शन पूजा गरेर मात्र अघि बढ्नुहोला । समय खराब रहेकाले सबै काममा सतर्क हुन आवश्यक छ ।

साइत :
आज सूर्य कुम्भ र चन्द्रमा मेष राशिमा छन् । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ०६ः२४ बजेदेखि ०७ः५१ बजेसम्म उद्धेग बेला,

बिहान ०७ः५१ बजेदेखि ०९ः१९ बजेसम्म चर बेला,

बिहान ०९ः१९ बजेदेखि १०ः४७ बजेसम्म लाभ बेला,

बिहान १०ः४७ बजेदेखि १२ः१५ बजेसम्म अमृत बेला,

बिहान १२ः१५ बजेदेखि १ः४३ बजेसम्म काल बेला,

दिनमा १ः४३ बजेदेखि ३ः१० बजेसम्म शुभ बेला,

दिनमा ३ः१० बजेदेखि ४ः३८ बजेसम्म रोग बेला,

४ः३८ बजेदेखि ६ः०६ बजेसम्म उद्धेग बेला,

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ